Banner Nepal
८ लाखभन्दा बढी नयाँ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म निर्धारित समयभित्र कुल ८ लाख ३७ हजार ९४ जनाले नाम दर्ता गराएका हुन्।

दर्ता हुनेमध्ये ३ लाख ४४ हजार ९१४ जनाले जिल्ला/निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक प्रक्रिया पूरा गरेका छन्। त्यस्तै ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत नाम दर्ता भएको आयोगले जनाएको छ।

नयाँ दर्तासहित आगामी निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुगेको छ। पछिल्लो पटक नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म यो संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update