Banner Nepal
धनकुटामा खैरो हिरोइनसहित एक युवा पक्राउ

धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी बजारमा खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय अर्जुन कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको टोलीले शंका लागेर गरेको चेकजाँचका क्रममा तीनवटा प्लास्टिक पोकाबाट जम्मा ३१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए।

जिल्ला प्रहरीले जनाएको अनुसार कार्की धनकुटा नगरपालिका–१ को त्रिसुलेस्थित अस्पताल प्लान्टमा कार्यरत कामदार रहेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार साँझ उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका कार्कीविरुद्ध थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update