विप्लव समूहको माओवादी दल आयोगमा दर्ता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। आयोगले सोमबार विप्लवलाई दल दर्ता प्रमाणपत्र प्रदान गर्दै आगामी निर्वाचन प्रक्रियामा सहभागी हुने मार्ग खुला गरिदिएको छ।
पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित दर्ता प्रक्रिया पूरा गरेको हो। आयोगमा दर्ता अनुसार उक्त पार्टीको चुनाव चिन्ह ‘गुलाफको फूल’ तोकिएको छ।
दर्ता प्रमाणपत्र बुझ्न विप्लवसहितका नेताहरू बाजागाजासहित आयोगमा पुगेका थिए। औपचारिक दर्तासँगै पार्टी अब निर्वाचनका तयारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १५:१८
प्रतिक्रिया दिनुहोस्


