एमाले संसदीय दल बैठक च्यासलमा सुरु
नेकपा एमालेको विघटित संसदीय दल बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलोगरी प्रारम्भ भएको हो। सचिवालयले संसद् पुनर्स्थापनासम्बन्धी माग र आगामी निर्वाचनबारे स्पष्ट धारणा बनाउन बैठक बोलाइएको जनाएको छ।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद् विघटन र पुनर्स्थापनाबारे अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बिस्तृत जानकारी दिनेछन्। छलफलपछि औपचारिक निष्कर्ष निकालिने उनले बताए।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्


