Banner Nepal
‘शान्ति भंग हुने अभिव्यक्ति’ दिएको आरोपमा प्रसाईंको म्याद थप, आन्दोलनको तयारीमा ब्रेक

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध दर्ता भएको सार्वजनिक शान्तिविरुद्धको मुद्दामा प्रहरीले थप ४ दिनको म्याद पाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोधअनुसार म्याद वृद्धि गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

यससँगै प्रसाईं कम्तीमा चार दिन प्रहरी हिरासतमा रहनेछन्। उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै तयारी तीव्र बनाएका थिए। तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्ति भंग हुने खालका अभिव्यक्ति दिएपछि कानुनी कारबाही अघि बढाइएको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update