एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा तय
नेकपा एमालेको ११औं महाधिवेशन राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भृकुटीमण्डपमै उद्घाटन तथा समापन सत्र हुने जानकारी दिएका छन्। करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
आगामी नेतृत्व प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्षका लागि उम्मेदवार बन्ने संकेत मिलेको छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्ष पदमा दाबी गर्ने तयारीमा रहेको पार्टी स्रोतले बताएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्


