Banner Nepal
ट्रम्पद्वारा क्लिन्टन–एपस्टिन सम्बन्धमा छानबिन माग

काठमाण्डौ— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पूर्वराष्ट्रपति बिल क्लिन्टन र दिवंगत यौन अपराधी जेफ्री एपस्टिनबिचको सम्बन्धबारे न्याय विभागले छानबिन गर्नुपर्ने माग गरेका छन्। एपस्टिनसँग ट्रम्पकै सम्बन्धबारे प्रश्न उठाउने नयाँ इमेलहरू सार्वजनिक भएको केही दिनमै उनले छानबिनको निशाना क्लिन्टनतर्फ मोड्न प्रयास गरेको बताइन्छ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले ती इमेलहरूलाई ‘झूट’ भन्दै अस्वीकार गरे। उनले यसलाई सन् २०१६ मा रुसी हस्तक्षेप र आफ्नै चुनावी अभियानबारे भएको अनुसन्धानसँग तुलना गर्दै यो ‘डेमोक्रेट्सको ध्यान भंग गर्न गरिएको अर्को षड्यन्त्र’ भएको टिप्पणी गरे। ट्रम्पको दाबीमा एपस्टिनसँग डेमोक्रेटिक पार्टीकै सम्बन्ध गहिरो रहेको उल्लेख छ।

ट्रम्पले थप लेखे, एपस्टिन ‘डेमोक्रेट हुन्, रिपब्लिकनको समस्या होइन।’ उनले महान्यायाधिवक्ता पाम बोन्डीलाई पूर्वराष्ट्रपति क्लिन्टन, उनका अर्थमन्त्री रहिसकेका ल्यारी समर्स, उद्योगपति रीड होफम्यान तथा बैंक जेपी मोर्गन चेसबारे पनि अनुसन्धान गर्न आग्रह गर्ने बताएका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update