Banner Nepal
मधेश प्रदेशका प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ – मधेश प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायका प्रतिनिधि, उच्च पदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति थियो।

सोमबार सरकारको सिफारिसमा पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो। नियुक्तिपछि उहाँले औपचारिक रूपमा पदभार सम्हाल्न शपथ ग्रहण गर्नुभएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update