Banner Nepal
दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीको समवेदना

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँ दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उहाँले घटनामा ज्यान गुमाएका पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै नेपाल सदैव भारतको साथमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।

उहाँले लेख्नुभएको सन्देशमा भनिएको छ, “दिल्लीमा भएको दुखद विस्फोटले म स्तब्ध भएकी छु। शोकमा परेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको उपचारमा सफलता मिलोस् भन्ने प्रार्थना गर्दछु।”

उक्त विस्फोटमा अहिलेसम्म आठ जनाको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update