Banner Nepal
आज मधेशका मुख्यमन्त्री सोनलले  विश्वासको मत लिनुहुँदै

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार) ले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेश सभाले प्रकाशित गरेको कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरिने छ।

सोनल नेतृत्वको प्रदेश सरकारलाई अहिले जसपा, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीलगायत पाँच दलको समर्थन रहेको छ। विश्वासको मत प्रक्रियाबाट वर्तमान सरकार अझ सुदृढ हुँदै स्थिरतासहित अगाडि बढ्ने अपेक्षा गरिएको छ।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। आजको मतदानले प्रदेश सरकारको आगामी दिशा तथा दलगत सहकार्यको स्वरूप कस्तो रहनेछ भन्ने विषयमा स्पष्टता आउने विश्लेषणकर्ता बताउँछन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update