Banner Nepal
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ४ अर्ब ६८ करोड नाघ्यो

काठमाण्डौ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि हुँदै बाजारमा सुधारको संकेत देखिएको छ। नेप्से १२.१७ अंक बढेर २,६०७.४२ विन्दुमा बन्द भयो।

आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ कारोबारमार्फत किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६८ करोड १९ लाख भन्दा बढी पुगेको छ। समग्र सूचकमा सुधार आए पनि होटल तथा पर्यटन र म्युचुअल फन्ड समूह बाहेक अन्य अधिकांश समूहमा सकारात्मक उछाल देखिएको छ।

कारोबारको परिमाण र मूल्य दुवै आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। सो कम्पनीका ७ लाख १० हजार २५९ कित्ता शेयरको कारोबार ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीमा सम्पन्न भएको छ।

विशेषज्ञका अनुसार बजारमा हाल देखिएको मन्दीपछिको क्रमिक सुधार लगानीकर्ताको मनोबल बिस्तारै स्थिर हुँदै गएको संकेत मानिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update