Banner Nepal
नेप्से २७ अंकले ओरालो, सबै समूह घटे

काठमाण्डौ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलबार २७.६४ अंकले घटेर २,५९५.२४ विन्दुमा झरेको छ। कुल सूचक एक दशमलव ०५ प्रतिशतले ओरालो लाग्दै बजारमा सामान्य दबाब देखिएको नेप्सेले जनाएको छ।

नेप्सेमा आज ३२२ कम्पनीका एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ कारोबारमार्फत खरिद–बिक्री भएका छन्। यस दिनको कुल कारोबार रकम पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ रुपैयाँ पुगेको छ।

बजारका सबै उपसूचकहरूमा गिरावट देखिएको छ। बैङ्किङ समूह ०.६६, विकास बैङ्क १.४७, वित्त २.२१, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.२१ र लगानी समूह ०.८७ प्रतिशतले घटेका छन्। त्यस्तै जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त ०.७५, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा १.२१, व्यापार ०.११ र अन्य समूह १.८१ प्रतिशतले कम भएका छन्।

कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थामा रह्यो, जसको कारोबार २७ करोड ९८ हजार ५७२ रुपैयाँ बराबरको भयो। कारोबार संख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका सबैभन्दा धेरै छ लाख ९९९ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update