मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक
                        
                        
                                                
                                            
                                                                    काठमाण्डौ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका १३ निर्णय मङ्गलबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयबारे जानकारी गराएका हुन्।
बैठकले हाल विपद्ग्रस्त क्षेत्र घोषित इलामका प्रभावित स्थानीय तहलाई सहयोगका लागि ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ। साथै, नेपाली सेनामा संरचनागत पदोन्नतिक्रमअनुसार १० जना प्रमुख सेनानीहरुलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि मन्त्री खरेलले जानकारी दिए।

 
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    