Banner Nepal
सानोठिमी बाल सुधार गृहबाट बन्दी फरार

काठमाण्डौ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट केही बन्दी फरार भएको घटना सार्वजनिक भएको छ। आज दिउँसो सुधार गृहमा रहेका बालबन्दीहरूले भाग्ने प्रयास गरेपछि उनीहरूमध्ये दुई जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानाका अनुसार फरारको संख्या र भाग्ने तरिकासम्बन्धी विस्तृत विवरण संकलन हुँदैछ। “हालसम्म भागेकामध्ये दुई जना पक्राउ परेका छन्। कति जना फरार भए र उनीहरू कसरी भागे भन्ने विषयमा अनुसन्धान जारी छ,” उनले जानकारी दिए।

घटनापछि प्रहरीले आसपास क्षेत्रमा निगरानी बढाएको छ भने बाँकी फरार बन्दीको खोजतलास तीव्र बनाइएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update