Banner Nepal
युथ भोलेन्टियर फोर्स सार्वजनिक, एमाले युवादल सक्रिय

काठमाण्डौ । नेकपा एमालेले आफ्ना युवाहरुलाई संगठित गर्ने उद्देश्यसहित ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ। भक्तपुरको गुण्डुमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति रहेर उक्त संरचना औपचारिक रूपमा घोषणा गरिएको हो।

भेलामा ओली दम्पतीसँगै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, नेता महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेलगायत नेताहरूको सहभागिता थियो।

हालैको जेन–जी आन्दोलनपछि पार्टी अध्यक्ष ओली दम्पतीको सुरक्षामा रहेका नेता बस्नेत र युवा संघको भूमिका उल्लेखनीय रहेको मानिँदै आएको छ। युथ भोलेन्टियर फोर्सको गठनसँगै एमालेले युवादललाई आवश्यकता अनुसार रक्षात्मक र आवश्यकताअनुसार आक्रमक भूमिकामा परिचालन गर्ने संकेत दिएको देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update