Banner Nepal
महाकाली राजमार्गमा बस दुर्घटना, एक यात्रुको मृत्यु

काठमाण्डौ– काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कृष्णपुर नगरपालिका–२ वाणीको पूर्व–पश्चिम राजमार्ग खण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परि कृष्णपुर नगरपालिका–१ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ। बसमा चालकसहित पाँच जना सवार रहेको र अन्य यात्रुहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update