Banner Nepal
एमाले सचिवालय बैठक गुण्डुमा सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक आगामी ११औं राष्ट्रिय महाधिवेशनका तयारी तथा संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने रणनीतिमा केन्द्रित हुनेछ।

एमालेले मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। आजको बैठकले प्रतिनिधि छनोटका मापदण्ड तय गर्नुका साथै महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने तयारी गरेको छ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update