राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कतार जाँदै
काठमाण्डौ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई कतार भ्रमणका लागि स्वीकृति दिएको छ। कात्तिक १७ देखि २० गतेसम्म कतारमा आयोजना हुन लागिएको ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’मा नेपालबाट राष्ट्रपति पौडेलसहितको टोली सहभागी हुने भएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकमा गरिएको निर्णय बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभयो। उहाँका अनुसार उक्त सम्मेलन सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा हुनेछ, जसमा नेपालको सहभागितासमेत महत्वपूर्ण मानिएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ १७:१९
प्रतिक्रिया दिनुहोस्


