Banner Nepal
सुनको मूल्य फेरि घट्यो, चाँदी भने महँगियो

काठमाण्डौ । लगातार घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोला सात सय रूपैयाँले घटेर दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। मंगलबार यो मूल्य दुई लाख ३७ हजार रूपैयाँ थियो।

यस्तै अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य हाल प्रतिऔंस तीन हजार ९५८ डलर कायम रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने बुधबार केही बढेको छ। मंगलबार प्रतितोला दुई हजार ९२० रूपैयाँमा कारोबार भएको चाँदी आज ४५ रूपैयाँले बढेर दुई हजार ९६५ रूपैयाँ पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार विश्व बजारमा देखिएको उतार–चढाव र अमेरिकी आर्थिक संकेतकका कारण सुन–चाँदीको मूल्य निरन्तर प्रभावित भइरहेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update