Banner Nepal
संखुवासभाको किमाथांकामा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाण्डौ । पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ७ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प आएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमा नजिक तिब्बत सीमाक्षेत्रमा रहेको हो ।


हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का धक्का महसुस गरिएको स्थानीयवासीहरूले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update