देउवा दम्पती थप उपचारका लागि सिंगापुर जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा थप उपचार गराउन जाने भएका छन्। जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीबाट कुटपिटमा परी घाइते भएका देउवा दम्पती हालसम्म उपचारमा रहँदै आएका छन्।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवाको स्वास्थ्य स्थिर भए पनि चिकित्सकको सुझावअनुसार सिंगापुरमा थप परीक्षण र फिजिकल थेरेपी गराउन लागिएको हो।
उनका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि केही दिनभित्र देउवा सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।
घटनापछिको उपचारमा देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो। स्वास्थ्य सुधारसँगै देउवाले पार्टी बैठकमा सहभागी भई कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्


