 
                                                                    तिहार बिदापछि आइतबार खुला भएको नेपाली बजारमा सुनको मूल्य एकैदिन ठूलो परिमाणमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ थियो। तिहार बिदाका कारण बजार बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य समायोजन आज मात्र नेपाली बजारमा परावर्तित भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक ३ गते चाँदीको मूल्य प्रतितोला ३ हजार २८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ११३ अमेरिकी डलर र चाँदी ४८ डलरको दरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                    