Banner Nepal
क्यारिबियन सागरमा अमेरिकी सैन्य गतिविधि प्रति मादुरोको आपत्ति

भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई क्यारेबियन क्षेत्रमा युद्धको वातावरण बनाइरहेको आरोप लगाएका छन्। विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत क्यारेबियनतर्फ पठाइएका बेला मादुरोले यस्तो टिप्पणी गरेका हुन्।

अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले मेडिटेरेनियन सागरमा रहेको उक्त युद्धपोतलाई क्यारेबियन क्षेत्रमा तैनाथ गर्ने आदेश दिएका थिए। बीबीसीका अनुसार सो युद्धपोतमा ९० वटा लडाकु विमान लैजान सक्ने क्षमता छ।

सरकारी सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मादुरोले भने, “अमेरिकाले युद्धमा नजाने भन्दै प्रतिवद्धता जनाएको थियो, तर अहिले नयाँ द्वन्द्वको माहोल बनाइरहेको छ।”

पछिल्ला दिनहरूमा अमेरिकाले क्यारेबियन क्षेत्रमा युद्धपोत, परमाणु पनडुब्बी तथा एफ–३५ लडाकु विमान तैनाथ गर्दै आफ्नो सैन्य उपस्थितिलाई थप बलियो बनाएको छ। अमेरिका भने यो कदम लागू औषध तस्करीविरुद्धको सैन्य अभियानमा आधारित रहेको दाबी गर्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update