जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएकाे गोलीसहित दुई किशोर पक्राउ
काठमाण्डौ–जेनजी आन्दोलनका क्रममा लुटपाट भएको घटनासँग सम्बन्धित तीन थान गोलीसहित दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले आकस्मिक अपरेसन (एम्बुस) सञ्चालन गरी नरेफाटबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाण्डौको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा, झिलझिले घर भई मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर छन्।
उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्ग क्षेत्रमा भेटिएको गोली साथमा ल्याएको बताएका छन्। तर सो क्रममा लुटिएका हतियारबारे भने आफूहरू अनजान रहेको विवरणमा उल्लेख गरिएको छ। प्रहरीले अब घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्


