शङ्कास्पद लागुऔषध डुङ्गामाथि अमेरिकी हमला, दुईको मृत्यु

अमेरिकी रक्षा मन्त्रालयले प्रशान्त महासागरमा रहेका एक शङ्कास्पद लागुऔषध डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको पुष्टि गरेको छ। बीबीसीका अनुसार, उक्त घटनामा दुई जनाको मृत्यु भएको छ भने अमेरिकी पक्ष सुरक्षित रहेको जनाएको छ।
रक्षा मन्त्री पीट हेगसेथले घटनाबारे जानकारी दिँदै अमेरिकी सेनालाई कुनै क्षति नपुगेको स्पष्ट पारे। उनका अनुसार, सो डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा रहेको र अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै मादक पदार्थको ठूलो खेप लिएर गइरहेको आशंका गरिएको थियो।
यो घटना सेप्टेम्बर २ यता शङ्कास्पद लागुऔषध डुङ्गाहरूमा अमेरिकी सेनाद्वारा गरिएको आठौँ कारबाही हो। तर प्रशान्त क्षेत्रभित्र भएको यो पहिलो सैन्य हमला भएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२ १०:२६
प्रतिक्रिया दिनुहोस्