Banner Nepal
भोजपुरमा तिहारअघि फूलको अभाव, मौसमअनुकूल नहुँदा उत्पादन घट्यो

तिहार नजिकिँदै गर्दा भोजपुरमा यस वर्ष फूलको अभाव देखिएको छ। मौसम अनुकूल नहुँदा फूल समयमा नफुल्दा बजारमा मखमली, सयपत्री र गोदावरीजस्ता तिहारका मुख्य फूलको कमी भएको स्थानीय किसानहरूले बताएका छन्।

गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य गिरावट आएको किसानहरूको भनाइ छ। सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष लामो समयसम्म मौसम प्रतिकूल रहँदा अहिले पनि धेरै बोटमा कोपिला मात्रै फुलेका छन्।

टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टका अनुसार तिहारका लागि लगाइएका फूल मौसमका कारण समयमा फुल्न नसकेका हुन्। “अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन्, बजारमा फूल भेट्नै गाह्रो छ,” उनले भनिन्।

स्थानीय व्यापारीहरूले माग बढ्दो रहँदा आपूर्ति गर्न कठिनाइ भइरहेको बताएका छन्। उत्पादन घटेकाले फूलको मूल्य पनि गत वर्षको तुलनामा बढेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update