
काठमाण्डौ — मुख्य चाडपर्व दशैं र तिहारको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रु आवतजावत उल्लेख्य रूपमा बढेको छ। विमानस्थलका तथ्यांक अनुसार अक्टोबर २०२५ मा कुल ७ लाख ६१ हजार ४१४ यात्रुले उक्त विमानस्थलको सेवा लिएका छन्।
त्यसमध्ये आन्तरिक तर्फ ३ लाख २३ हजार १२ यात्रुले यात्रा गरेका छन्। तीमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट उडेका हुन् भने १ लाख १८ हजार ४२४ यात्रु काठमाडौं भित्रिएका छन्। यो अवधिमा ४ हजार २०९ उडान काठमाडौंबाट र ४ हजार २०८ जहाज काठमाडौंमा अवतरण भएका छन्।
अन्तर्राष्ट्रिय तर्फ १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् भने २ लाख ४० हजार ३९४ यात्रु विदेशबाट नेपाल आएका छन्। यसरी अन्तर्राष्ट्रिय यात्रुको कुल संख्या ४ लाख ३८ हजार ४०६ पुगेको छ।
त्यस्तै, २ हजार १३६ यात्रुले ट्रान्जिट सेवा लिएका छन्। त्रिभुवन विमानस्थलमा अक्टोबर महिनाभर १ हजार ५८५ उडान र सोही संख्या अवतरणसहित ३ हजार १७० अन्तर्राष्ट्रिय उडान/अवतरण भएका थिए।
वर्तमानमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले सेवा प्रदान गर्दै आएको त्रिभुवन विमानस्थल दशैं–तिहार जस्ता पर्वमा पूर्ण क्षमतामा सञ्चालन हुने प्रमुख यात्रु केन्द्र बनेको छ।