Banner Nepal
जेनजी आन्दोलनपछि ओली पहिलोपटक बालकोट घर पुगे

काठमाण्डौ — जेनजी आन्दोलनपछिको पहिलोपटक नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बालकोटस्थित निवास पुगेका छन्।

भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी भएर क्षति पुगेको घरको अवस्थाबारे जानकारी लिन ओली बुधबार बालकोट पुगेका हुन्। उनीसँगै एमाले नेताहरू भानुभक्त ढकाल, विशाल भट्टराई र महेश बस्नेत पनि सहभागी थिए।

हाल ओली गुण्डुस्थित एक भाडाको घरमा बस्दै आएका छन्।

Open photo

 

Open photo

 

Open photo

 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update