प्रहरी निरीक्षक ऋषिराज ढकाललाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’

काठमाण्डौ — कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकाललाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरिएको छ।
प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहबीच ढकाललाई कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै उनको उल्लेखनीय योगदानको कदर गरे।
ढकालले तालिम प्रशिक्षकको रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रहरी प्रशिक्षण प्रणालीलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निभाएका छन्। उनी अपराध अनुसन्धानको क्षेत्रमा पनि दक्ष र प्रतिबद्ध प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।
सम्मान ग्रहणपछि निरीक्षक ढकालले यो पुरस्कारले आफूलाई अझै जिम्मेवार र प्रेरित बनाएको प्रतिक्रिया दिएका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ ११:११
प्रतिक्रिया दिनुहोस्