
इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको मृत्यु टाउकोमा गोली लागेर भएको पुष्टि भएको छ।
इजरायलको द नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनले गरेको परीक्षण अनुसार विपिनको टाउकोमा गोली लागेको कारण मृत्यु भएको उल्लेख गरिएको हो।
जोशी दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका विपिनसहित विश्वविद्यालयका १० विद्यार्थीले ज्यान गुमाएका थिए, जबकि विपिनलाई हमासले बन्धक बनाएको थियो।
इजरायल र हमासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो।
यसैबीच, विपिनको अन्त्येष्टि आज महाकाली नदी किनारमा गरिँदै छ। अन्त्येष्टि अघि भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको छ।