बालुवाटारमा सात राजनीतिक दलसँग प्रधानमन्त्री कार्कीको छलफल आज

काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसँग आज (मङ्गलबार) छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। आगामी फागुन ११ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग परामर्श गर्ने कार्यक्रम रहेको बताइएको छ।
छलफलका लागि ती सात दललाई दुई–दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ। सहभागी दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल समावेश छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्