सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार २८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्