Banner Nepal
भाइटीका बाहेकका दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भाइटीकाको दिन बाहेक अन्य सबै दिन भन्सार जाँचपास र व्यापारिक कारोबारका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई सहज रूपमा सञ्चालनमा राख्नका लागि शाखाहरू खुला राख्न निर्देशन दिएको हो।

यसै सन्दर्भमा राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली पनि सञ्चालन हुने जनाएको छ। बैंकका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उक्त प्रणाली सञ्चालनमा रहनेछ।

राष्ट्र बैंकले यस कदमले तिहार अवधिमा व्यापारिक कारोबार तथा भुक्तानी प्रणालीलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update