रास्वपाको सचिवालयमा नयाँ चार नेताको प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार नेतालाई पार्टीको सचिवालय सदस्यमा मनोनीत गरेको छ। शनिबार भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा चयन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन्। उनीहरू यसअघि आमन्त्रित सचिवालय सदस्यका रूपमा रहेका थिए।
रास्वपाले हालको नेतृत्व पुनर्संरचनासँगै संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताइएको छ। नयाँ सदस्यहरूको समावेशले सचिवालयको निर्णय प्रक्रियामा सन्तुलन र विविधता थपिने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ १०:१९
प्रतिक्रिया दिनुहोस्