Banner Nepal
चितवनको गाईघाटमा सात सवारी एकैपटक ठोक्किँदा १९ घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहान भएको भीषण सवारी दुर्घटनामा १९ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा बिहान करिब ७ः१५ बजे सातवटा सवारीसाधन एकैपटक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रारम्भिक जानकारीअनुसार बा ४ ख ७४२० नम्बरको यात्रुबहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रकबीच ठक्कर भएपछिका अन्य सवारीहरू क्रमशः ठोक्किँदै दुर्घटनामा परेका हुन् ।

घाइतेहरूलाई उद्धार गरी भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि लगिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र घाइतेको सङ्ख्या बढ्न सक्ने सम्भावना प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update