नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाको मूल्य रु २ लाख ५० हजार नाघ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य इतिहासमै सबैभन्दा उच्च दरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार तोलामा दुई हजार रुपियाँले वृद्धि हुँदै सुनको मूल्य दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ ।
बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । सोही तुलनामा बिहीबार मूल्यमा उल्लेख्य वृद्धि भएको महासङ्घले जनाएको छ ।
१० ग्राम सुनको मूल्य पनि बढ्दै दुई लाख १५ हजार १०५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिसँगै यसको प्रभाव नेपाली बजारमा पनि परिरहेको व्यवसायीहरू बताउँछन् ।
यस्तै, बिहीबार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । बुधबार तोलामा तीन हजार २४० रुपियाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार २७५ रुपियाँमा पुगेको हो ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्