Banner Nepal
निर्वाचन तयारीबारे सर्वदलीय बैठक सुरु, आयोगले दलहरूसँग माग्दै सुझाव

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक काठमाण्डौको कान्तिपथस्थित आयोग भवनमा सुरु भएको छ। बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न आयोगले यो बैठक आयोजना गरेको हो। आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कार्यहरूको जानकारी दिने र दलहरूको सुझाव संकलन गर्ने उद्देश्य राखेको जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठन नहुँदा प्रतिनिधि सभा विघटन भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकारको सिफारिसमा भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचन मिति घोषणा गरिएको थियो।

आयोगले आगामी निर्वाचनमा सहभागी हुन इच्छुक नयाँ दलहरूले कात्तिक मसान्तभित्र दर्ता गरी प्रमाणपत्र लिनुपर्ने जानकारीसमेत दिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update