Banner Nepal
राष्ट्रपति पौडेलद्वारा जेनजी प्रतिनिधिसँग आज छलफल हुने

काठमाण्डौ — राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिसँग राजनीतिक छलफल गर्ने तयारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार बिहान ९ बजेपछि शीतल निवासमा छलफलको कार्यक्रम तय गरिएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन्। जेनजीको माग तथा आगामी राजनीतिक दिशा विषयमा विस्तृत रूपमा संवाद हुने जानकारी उनले दिएका छन्।

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारका पदाधिकारी तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो। उक्त बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठन, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र समसामयिक राजनीतिक परिस्थिति विषयमा विस्तृत छलफल भएको थियो।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update