Banner Nepal
बिर्तामोडमा जुवा खेल्दै गरेका ११ जना पक्राउ

झापाको बिर्तामोडबाट प्रहरीले जुवाजन्य खेल खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। बिहीबार राति बिर्तामोड–८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा खेल जारी रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घरधनी उप्रेतीसहित पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। भने पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।

घटनास्थलबाट प्रहरीले तासका पत्ता, नगद दुई लाख १५ हजार ५५० रुपैयाँ र नौ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update