Banner Nepal
ओली–लेखक पक्राउ दबाबको समाचार असत्य : प्रहरी महानिरीक्षक खापुङको प्रष्टिकरण

प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइए राजीनामा दिन्छु भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्।

शुक्रबार केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेद्वारा जारी विज्ञप्तिमा आइजिपी खापुङले त्यस प्रकारको कुनै पनि अभिव्यक्ति नदिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “महानिरीक्षकज्यूले कहीँकतै त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको जानकारी गराउँदै, प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूसँग भएका बैठकहरूमा समसामयिक सुरक्षा चुनौती र शान्ति–सुरक्षाको अवस्था सुधारका विषयमा मात्र छलफल भएको हो।”

यसअघि सोमबार राति गृह मन्त्रालय र प्रधानमन्त्री निवास बालुवाटारमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्ने वा नगर्ने विषयमा बैठक बसेको थियो। सो क्रममा उनीहरूलाई राति नै पक्राउ गर्ने सम्भावनासमेत छलफलमा आएको थियो। तर, सुरक्षा जोखिम बढ्ने विश्लेषणपछि तत्कालीन निर्णय स्थगित गरिएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update