माइतीघरमा प्रदर्शन प्रयास, डा. निकोलस भुसालसहित १४ जना पक्राउ

काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा डा. निकोलस भुसाल र सञ्जिव दाहाल पनि रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमको प्रदर्शनका लागि अनुमति नदिएको भए पनि उनीहरू प्रदर्शन गर्न माइतीघर पुगेका कारण नियन्त्रणमा लिइएको हो।
पक्राउ गरिएकाहरू जेन–जी आन्दोलनसँग सम्बद्ध समूहका कार्यकर्ता भएको बताइएको छ।
प्रदर्शनको सूचना पाएपछि प्रहरीले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म बाक्लो रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेको छ।
अहिले सो क्षेत्रको सुरक्षालाई कडा पारिएको छ भने सर्वसाधारणलाई भीडभाड नगर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १४:२५
प्रतिक्रिया दिनुहोस्