Banner Nepal
सुनको मूल्यमा एकैदिन २ हजार ६ सयको वृद्धि, नयाँ रेकर्ड कायम

बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको छ, जसको अघिल्लो मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। विश्व बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ, जसले सुनको दर निरन्तर बढिरहेको संकेत गरेको छ। सुनको मूल्य इतिहासकै उच्चस्तरमा पुग्दा स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update