Banner Nepal
साइबर क्राइम आरोपमा एमाले नेता महेश बस्नेत प्रहरीसमक्ष बयान दिन उपस्थित

साइबर अपराधको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि उपस्थित भएका छन्। बिहानै उनी ब्युरोमा पुगेका र हाल बयान प्रक्रिया जारी रहेको ब्युरो स्रोतले जनाएको छ।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरेकी थिइन्। तर अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिल कार्यालयले प्रहरीलाई आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।

उक्त निर्देशनका आधारमा साइबर ब्युरोले बस्नेतलाई उपस्थित हुन बोलाएको थियो। सोही अनुसार उनी बुधबार बिहान ब्युरोमा उपस्थित भएका हुन्। बयानपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update