Banner Nepal
मधेशमा नयाँ सरकार गठनका लागि दलहरू सक्रिय, कांग्रेस–लोसपाबीच सहकार्यको पहल

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच नयाँ संवाद सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच सहकार्यका विषयमा छलफल भएको हो।

अध्यक्ष ठाकुरले बताउनुभयो कि संघीय सरकारमा भएको सहकार्यअनुसार मधेश प्रदेशमा लोसपालाई मुख्यमन्त्री दिने विषयमा छलफल थालिएको हो। तर, कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सहयोग मागेको भन्दै दुवै दलबीच निरन्तर वार्ता जारी रहेको उहाँले स्पष्ट गर्नुभयो।

मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हालको सरकार अल्पमतमा पुगेको छ। प्रदेशसभामा १०७ सदस्य रहेको र बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्ने भएकाले दलहरू अहिले आफ्नो पक्षमा आवश्यक संख्या जुटाउने प्रयासमा छन्।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update