Banner Nepal
अन्तर्राष्ट्रिय बजारसँगै देशभर सुनको मूल्य फेरि उकालो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ । सोमबारको तुलनामा मंगलबार एक तोला सुन दुई हजार ३०० रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै एक तोलाको दुई हजार ९६० रुपैयाँ कायम छ ।

गत आइतबारको मूल्यसँग तुलना गर्दा सुनमा निरन्तर वृद्धि भएको देखिन्छ । आइतबार एक तोला सुन दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अहिले एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update