इलाममा बाढीपहिरोले ३९ जनाको ज्यान गयो, एकजना अझै बेपत्ता

काठमाण्डौ । इलाममा हालैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सन्दकपुर–५ इङलाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेपछि मृतकको संख्या थपिएको हो ।
वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश गुरुङ गत आइतबारदेखि बेपत्ता थिए । घटनास्थलमा उनको स्वीटर र हाइनेक मात्र भेटिए पनि आज करिब ४०० मिटर तल उनको शव फेला परेको बताइएको छ ।
स्थानीय प्रशासनका अनुसार बाढीपहिरोमा परेर इलाममा हालसम्म ३९ जनाको मृत्यु पुष्टि भएको छ भने एकजना अझै बेपत्ता छन् । इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु पहिरोले घरसहित बगाएपछि सम्पर्कविहीन रहेका जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ १३:१४
प्रतिक्रिया दिनुहोस्