Banner Nepal
बाढी प्रभावितको उद्धार र राहतमा निवर्तमान सांसद सावाको सक्रियता


काठमाडौं । निवर्तमान सांसद एलपी सावा लिम्बू अविरल वर्षापछि आएको बाढीले प्रभावित परिवारको उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुटेका छन् ।

कनकाई नदी र अन्य स्थानीय खोलाको बाढी बस्तीमा पसेपछि साँवा नागरिकको जिउ धनको सुरक्षामा दुई दिन यता सर्वसाधारणसगै सहयोगमा जुटेका हुन् ।

दसैंका लागि काठमाडौंमा रहेका साँवा बाढीले गाउमा बितण्डा मच्चाएपछि झापा पुगेका हुन् । बाढीले विस्थापित भएका झापा गाउपालिका ७ सय घर परिवारका ७ हजार भन्दा बढीलाई स्थानीय रेडक्रस, विद्यालय र गाउपालिकाको कार्यालयमा सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै शिव सताक्षी नगरपालिकाका १ सय ५० घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरुलाई गत आइतबारदेखि नै उद्धार गरेर सुरक्षित स्थानमा राखिएको नेता साँवाले बताए । उनका अनुसार स्थानीय प्रशासन र सहायता संघसंगठनको सहयोगमा विस्थापितहरुलाई खाने व्यवस्था गरिएको छ ।

“क्षतिको पूर्ण विवरण आज साँझसम्म आउँछ यसकालागि अहिले म जिल्ला विपद् व्यवस्थापनको मिटिंगमा जादैछु ”, उनले भने, “त्यसपछि प्रभावितहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने टुंगो लाग्नेछ ।”  

उनी क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् ।

कन्काइ, कमल लगायतका खोलामा आएको बाढीले क्षेत्र नम्बर ४ का झण्डै ९ हजार मानिस विस्थापित भएको प्रारम्भिक विवरण छ । सावाले स्थानीय प्रशासन, स्वयंसेवक र सुरक्षाकर्मीसँगको सहकार्यमा बाढीमा फसेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

विशेष गरि आदिवासी र सीमान्तकृत समुदायका परिवारको बसोबालाई प्राथमिकता दिइएको छ । उनले खाद्यान्न, लत्ताकपडा, औषधि र अस्थायी आश्रय सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापा मार्फत पूर्ण रूपमा प्रभावित परिवारका लागि राहत प्याकेज ल्याइने उनले बताए । सावाले यो राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय नेतृत्व र समुदायसँग समन्वय गरिरहेका छन् ।

“हाम्रो क्षेत्रका जनता यो विपत्तिमा कष्ट भोगिरहेका छन् । हामी सबै मिलेर उनीहरूको सुरक्षित उद्धार र राहतमा जुट्नुपर्छ,” सावाले भने । स्थानीय बासिन्दाले सावाको सक्रियताको प्रशंसा गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा थप राहत र पुनस्र्थापना कार्यलाई तीव्रता दिन उनले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएका छन् ।

बाढीले झापा गाउँपालिका २ स्थित हुलाकी सडक बगाएपछि यातायात आवागमन अवरुद्ध भएको छ । असोज १९ गतेदेखि परेको अविरल वर्षापछि जिल्लाका ५ हजार बढी घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १ सय ८९ घरधुरीका करिब २४ हजार सर्वसाधारण विस्थापित भएका छन् ।

झापा गाउँपालिकाका १, २, ३, ६ र ७ का स्थानीय अत्याधिक प्रभावित भएका छन् । यी वडामा कन्काइ माइ खोलाको बाढी पसेको हो । त्यस्तै शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका अन्य सयौं परिवार पनि विस्थापित भएका छन् । कतिपय विस्थापितलाई आफन्त र मन्दिरमा अस्थायी शिविर बनाइ राखिएको छ । 

 

@lpsanwa_official

 

♬ original sound - Nepali king 🇳🇵

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update