नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेका र कारागारबाट फरार सन्देश शर्मा पक्राउ परेका छन्।
भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका शर्मा ललितपुरमा फेला परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको पुष्टि गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका शर्मालाई कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने तयारी भइरहेको छ।
यसअघि सो प्रकरणमा मुख्य अभियुक्त सानु भण्डारी र केशव दुलाललाई प्रहरीले पक्राउ गरी जेल पठाइसकेको छ। त्यस्तै, पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि भागेका थिए तर पछि स्वेच्छाले कारागारमा उपस्थित भएका थिए।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्