Banner Nepal
देशका धेरै नदीमा बाढी जोखिम, तराई–मध्यपहाड उच्च सतर्कतामा

काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, बागमती, पूर्वी राप्ती र कमला नदीको बहाव सतर्कता तह नजिक पुगेको जनाएको छ। आज बिहानको जलमापन अनुसार कर्णाली, महाकाली र तिनका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल रहेकाले तत्काल ठूलो खतरा नभएको स्पष्ट गरिएको छ।

तर, महाशाखाले सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवनलगायतका जिल्लामा आगामी दिनमा अति उच्च जोखिम रहने चेतावनी दिएको छ। ती क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

These are the districts that are at high risk of floods

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update