सिन्धुपाल्चोकमा असोज २० सम्म राति राजमार्ग बन्द

काठमाण्डौ । लगातारको वर्षा र पहिरोको जोखिमका कारण सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज २० गतेसम्म रातिको समयमा जिल्लाभित्रका मुख्य र सहायक राजमार्ग बन्द गर्ने निर्णय गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै साँझ ७ बजेदेखि विहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका अन्य राजमार्गहरूमा सबै प्रकारका सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएको हो ।
त्यस्तै, क्षति र जोखिमको अवस्थाअनुसार आवश्यकता परे अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सकिने चेतावनी प्रशासनले दिएको छ । साथै, नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन अपिल गरिएको छ ।
जिल्लामा सुरक्षाकर्मी परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्